एजेन्सी – च्याम्पियन्स लिगको फाइनलको ढोका खोल्न स्पेनिस महारथी रियल म्याड्रिडले म्युनिखको भ्रमण गर्दैछ। जर्मन दिग्गज बायर्न म्युनिखको सामना गर्नको लागि रियलले म्युनिखको भ्रमण गर्न लागेको हो।
च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगको खेल बायर्नको घरेलु मैदानमा हुनेछ। रियल त्यसैका लागि जर्मनी पुग्नेछ। रियल र बायर्न बीचको पहिलो लेगको खेल मंगलबार राति हुनेछ।
रियल मंगलबार राति बायर्नको घरेलु मैदानमा सानदार जित निकाल्ने योजनामा हुनेछ भने बायर्न घरेलु मैदानको फाइदा उठाउने प्रयासमा हुनेछ। तर जे होस् मंगलबार राति दुवै टोली एक अर्कालाई कडा टक्कर दिनेछन्।
रोचक के छ भने बायर्न रियल म्याड्रिड विरुद्ध आफ्नो पछिल्लो सात खेलमा जीतविहीन छ। पछिल्ला सात भेट मध्ये ६ भेटमा बायर्न पराजित भएको छ भने एक खेलमा बराबरीमा रोकिएको छ।
वास्तवमा, यो युरोपेली प्रतियोगितामा प्रतिद्वन्द्वी विरुद्ध जर्मन पक्षको सबैभन्दा लामो जीतविहीन यात्रा हो। रियल म्याड्रिड च्याम्पियन्स लिगका पछिल्ला १० खेलमा पराजित भएको छैन।
यस सिजन रियलले च्याम्पियन्स लिगको समूह चरणमा ६ मध्ये ६ नै खेलमा जित निकालेको थियो। अन्तिम १६ मा भने रियलले एक जित निकाल्दा एक बराबरी खेलेको थियो।