September 19, 2024

एजेन्सी- लियोनल मेस्सीका भूतपूर्व अर्जेन्टिनाका सहकर्मी र अल–खलिजका सेन्टर ब्याक लिसान्ड्रो लोपेजले क्रिस्टियानो रोनाल्डोलाई विश्वकै उत्कृष्ट खेलाडीको संज्ञा दिएका छन्।

अल–नासरसँग १–० ले पराजित भएपछि अल–खलिजका सेन्टर ब्याक लिसान्ड्रो लोपेजले क्रिस्टियानो रोनाल्डोलाई विश्वकै उत्कृष्ट खेलाडीको संज्ञा दिएका हुन्।

शनिबार (अप्रिल २७) साउदी अरेबियाको दमाममा रहेको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा रोनाल्डोको क्लबले अल-खलिजलाई हराएको थियो। खेलको ६८ औं मिनेटमा मार्सेलो ब्रोजोभिकको क्रसबाट म्यानचेस्टर सिटीका पूर्व सेन्टर ब्याक अमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए।

२०११ र २०१२ को बीचमा अर्जेन्टिनाका लागि चार पटक खेलेका लोपेजले हालै आफ्नो टोलीको हारमा पोर्चुगिज सुपरस्टार विरुद्ध खेल्ने अवसर पाए।
साउदी प्रो लिग टाई समाप्त भएपछि, लोपेजले इन्स्टाग्राम मार्फत रोनाल्डो विरुद्ध खेल्न पाएकोमा खुशी व्यक्त गरे।

“सर्वश्रेष्ठ विरुद्ध खेल्न पाउँदा सधैं रमाइलो लाग्छ। अब कप सेमिफाइनलको लागि तयार हुने समय आएको छ। थप @khaleejclub को लागि जाऔंच”,उनले सामाजिक संजालमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *