December 23, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लालिगामा सानदार जित दर्ता गरेको छ। लालिगाको जारी सिजनको ३३ औं खेलमा बार्सिलोनाले भ्यालेन्सिया विरुद्ध सानदार जित दर्ता गरेको हो।

सोमबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा पोलिस फरवार्ड रोबर्ट लेवानडोस्की चम्किएपछि बार्सिलोना ४-२ को गोल अन्तरले विजयी हुन पुग्यो।

बार्सिलोनाको जितमा रोबर्ट लेवानडोस्कीले ह्याट्रिक गरे भने फेर्मिन लोपेजले एक गोल गरे। पाहुना टोली भ्यालेन्सियाका लागि भने हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए।

पहिलो हाफमा २-१ को गोल अन्तरले पराजित परेपनि बार्सिलोनाले दोस्रो हाफमा सानदार कम्ब्याक गर्दै जित दर्ता गरेको थियो। खेलको २२ औं मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता पाएको थियो।

२७ औं मिनेटमा हुगो डुरो गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्याए। खेलको ३८ औं मिनेटमा पेपेलुले पेनाल्टीमा गोल गर्दा बार्सिलोना २-१ को गोल अन्तरले पछि पर्यो।

दोस्रो हाफको ४९ र ८३ औं मिनेटमा गोल गरेका लेवानडोस्कीले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दा ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४-२ को गोल अन्तरले विजयी भयो।

बार्सिलोनाले ३३ खेलबाट ७३ अंक बनाएको छ। बार्सिलोना शिर्ष स्थानको रियल भन्दा ११ अंकले पछाडी छ। पराजित भ्यालेन्सिया ४७ अंक सहित आठौँ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *