एजेन्सी – बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सन् २०२० र २०२१ को बालोन डी’ओर उपाधिको विषयमा मुख खोलेका छन्। एक कुराकानीका क्रममा लेवान्डोस्कीले सन् २०२० र २०२१ को बालोन डी’ओर उपाधिको विषयमा मुख खोलेका हुन्।
जर्मन आउटलेट बिल्डसँग कुरा गर्दै लेवान्डोस्कीले सन् २०२० र २०२१ आफ्नो करियरकै उत्कृष्ट वर्षहरु रहेको बताए। आफूले त्यसबेला ८५ खेलमा १ सय गोल गरेको लेवान्डोस्कीले स्मरण गरे।
तर सो कुराकानीका क्रममा उनले सन् २०२१ को बालोन डी’ओरको हकदार मेस्सी नै रहेको बताउन उनले छुटाएनन्। बालोन डी’ओर उपाधि जितेको भए राम्रो हुन्थो भन्ने उनको भनाई छ।
“मैले २०२० र २०२१ मा मेरो करियरको उत्कृष्ट वर्षहरू बिताएँ। एक साथीले भर्खरै मलाई तथ्याङ्क पठाए: मैले ८५ खेलहरूमा १ सय गोल गरेको रहेछु। अवश्य पनि, मलाई कुनै समयमा बालोन डी’ओर पुरस्कार प्राप्त गर्न मनपर्थ्यो। सन् २०२१ को उपाधि मेस्सीकै हो।”,उनले भने।
मेस्सीले सन् २०१९ र २०२१ मा यो प्रतिष्ठित अवार्ड जितेका थिए। तर कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा भने बालोन डी’ओर कुनै पनि खेलाडीलाई प्रदान गरिएको थिएन।