December 23, 2024

एजेन्सी – एक सुपर कम्युटरले गरेको दावीलाई मान्ने हो भने यस सिजन प्रिमियर लिगको उपाधि साविक विजेता म्यानचेस्टर सिटीले नै जित्नेछ। बेटिंग एक्सपर्टको सुपर कम्प्युटरले यस सिजन प्रिमियर लिगको उपाधि सिटीले जित्ने भविष्यवाणी गरेको हो।

गत सिजनका सबै खेलको नतिजा, प्रि-सिजन नतिजा र जारी सिजनका नतिजाहरुको विश्लेषण गरेर बेटिंग एक्सपर्टको सुपर कम्प्युटरले प्रिमियर लिगको उपाधि यस सिजन पनि सिटीले जित्ने निष्कर्षमा पुगेको छ।

बेटिंग एक्सपर्टको सुपर कम्प्युटरले गरेको भविष्यवाणी अनुसार यस सिजन आर्सनल ८७ अंकका साथ सिजनको समाप्त गर्नेछ भने सिटी ८८ अंक बनाएर च्याम्पियन बन्नेछ।

केहि समय अगाडी प्रिमियर लिगको उपाधि होडमा लिभरपुल पनि थियो। तर निरन्तरको कम्जोर प्रदर्शन पश्चात लिभरपुल उपाधि दौडबाट लगभग बाहिरिसकेको छ।

अहिले उपाधिका लागि आर्सनल र सिटी दौडमा छन्। ३५ खेलबाट आर्सनलले ८० अंक बनाएको छ भने सिटीले ३४ खेलबाट ७९ अंक बनाएको छ। एक खेल बढी खेलेको अवस्थामा आर्सनल मात्र एक अंकले अगाडी छ।

आर्सनलले मात्र तीन खेल बाँकी रहेकोमा सिटीले चार खेल खेल्न बाँकी छ। यस्तै सो सुपर कम्प्युटरको दावी अनुसार लिभरपुल र एस्टन भिल्ला शिर्ष चारमा अटाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *