December 23, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की सम्झौताको अन्त्य सम्म बार्सिलोनामै रहने पक्षमा देखिएका छन्। सन् २०२२ को समर ट्रान्सफर विन्डोमा बार्सिलोना आवद्ध भएका रोबर्ट लेवान्डोस्की सम्झौताको अन्त्य सम्म बार्सिलोनामै रहने पक्षमा देखिएका हुन्।

हालसालै एक अन्तर्वार्ताका क्रममा रोबर्ट लेवान्डोस्कीलाई उनको भविष्य बारे प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा उनले यस समर ट्रान्सफर विन्डोमा आफू अन्यत्र कतै नजाने स्पष्ट पारे।

स्पोर्ट विल्डसँगको कुराकानीका क्रममा औंले सिजनको सुरुवाती समयमा शारीरिक रुपमा केहि समस्या भोगे पनि अहिले आफू धेरै राम्रो महसुस गरिरहेको बताए।

लेवान्डोस्कीका अनुसार उनी यस समरमा बार्सिलोनाबाट बिदा हुने पक्षमा छैनन्। शारिरले साथ दिरहेको खण्डमा आफू खेलिरहने उनको भनाई छ। अझै दुई वर्ष उच्च स्तरमा खेल्न शरीरले साथ दिने उनले बताए।

“यस समरमा बार्सिलोनाबाट बिदा लिने कुरै छैन। मेरो दिमागमा यो कुरा छैन। म अहिले फेरि शारीरिक रूपमा राम्रो महसुस गरिरहेको छु। सिजनको पहिलो हाफमा शारीरिक समस्याहरू थिए। सन् २०२४ मा अवस्था राम्रो भयो।जबसम्म म अहिले जस्तै राम्रो महसुस गर्न जारी राख्छु, म खेलिरहन्छु। यो कम्तिमा दुई वर्षसम्म जारी रहनेछ भन्ने मलाई लाग्छ।”,लेवान्डोस्कीले भने।

त्यसकममा लेवान्डोस्कीले साउदी अरेबिया वा अमेरिका जाने भन्ने विषयमा एक पटक पनि नसोचेको बताउन छुटाएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *