एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज राति स्पेनिस महारथी रियल म्याड्रिड र जर्मन महारथी बायर्न म्युनिख आमने-सामने हुँदैछन्। च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज राति रियल र बायर्न आमने-सामने हुन लागेका हुन्।
बायर्न र रियल बीचको पहिलो लेगको खेल बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ। खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
आज हुने खेलमा बायर्न घरेलु मैदानको फाइदा उठाउँदै रियललाई पराजित गर्ने योजनामा हुनेछ। उता रियल भने बायर्नलाई उसकै घरेलु मैदानमा चक्ना दिने पक्षमा हुनेछ।
रोचक के छ भने बायर्न रियल म्याड्रिड विरुद्ध आफ्नो पछिल्लो सात खेलमा जीतविहीन छ। पछिल्ला सात भेट मध्ये ६ भेटमा बायर्न पराजित भएको छ भने एक खेलमा बराबरीमा रोकिएको छ।
वास्तवमा, यो युरोपेली प्रतियोगितामा प्रतिद्वन्द्वी विरुद्ध जर्मन पक्षको सबैभन्दा लामो जीतविहीन यात्रा हो। रियलले बायर्नको घरेलु मैदानमा भएका पछिल्ला तीन मध्ये तीनै खेलमा जित निकालेको छ।
बायर्नले सेमिफाइनलमा प्रिमियर लिग क्लब आर्सनललाई पराजित गर्दा रियलले म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो।