September 19, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर महत्वपूर्ण उपाधि नजिक पुगेको छ। किङ कप अफ च्याम्पियन्सको सेमिफाइनलमा सानदार जित निकालेसंगै अल नासर उपाधि नजिक पुगेको हो।

बुधबार राति भएको खेलमा अल नासरले अल खालीजलाई सहजै पराजित गर्यो। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो चम्किएपछि अल नासर ३-१ को गोल अन्तरले विजयी भयो।

अल नासरको जितमा रोनाल्डोले दुई गोल गर्दा साडियो मानेले एक गोल गरेका थिए। त्यस्तै अल खालीजका लागि भने एक मात्र गोल फवाज अल टोरायासले गरेका थिए।

खेलमा भएका चार गोल मध्ये दुई गोल पहिलो हाफमा र दुई गोल दोस्रो हफामा भएका थिए। खेलको १७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए।

खेलको ३७ औं मिनेटमा मानेले पेनाल्टीमा गोल गर्दा अल नासरको अग्रता दोब्बर भयो। खेलको ५७ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि अल नासरले ३-० को अग्रता पायो।

तर खेलको ८२ औं मिनेटमा फवाज अल टोरायासले गोल गरेपछि खेल ३-१ को अवस्थामा पुग्यो। अब उपाधिका लागि अल नासरको भेट अल हिलालसँग हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *