एजेन्सी – फ्रान्सेली फुटबल विशेषज्ञ जुलियन लरेन्सले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको बहिर्गमन पश्चात पेरिस सेन्ट जर्मेन(पिएसजी) एक राम्रो टोली बनेको बताएका छन्।
एक कुराकानीका क्रममा फ्रान्सेली फुटबल विशेषज्ञ जुलियन लरेन्सले मेस्सी, नेयमार र मार्को भेराट्टी जस्ता खेलाडीको बहिर्गमन पश्चात पिएसजीमा एकता बढेको बताएका हुन्।
मेस्सी, नेयमार र भेराट्टी धेरै राम्रो खेलाडी भएपनि उनीहरुको बहिर्गमन पश्चात पिएसजीमा राम्रो एकता देखिएको र एक राम्रो टोलीको रुपमा पिएसजीले फुटबल खेलिरहेको लरेन्सले बताए।
पिएसजीको टोलीमा अहिले गुटहरु रहेको र त्यसले टोलीलाई बलियो बनाएको लरेन्सको भनाई छ। पहिला मेस्सी, नेयमार र भेराट्टी जस्ता खेलाडी हुँदा पिएसजीमा गुटहरु थिए र त्यसले टोलीलाई असर गरेको थियो भन्ने लरेन्सले दावी गरे।
पिएसजी यस सिजन विभिन्न उपाधि जित्ने दौडमा छ। पिएसजी फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको छ भने च्याम्पियन्स लिग उपाधिका लागि पनि प्रतिष्पर्धा गरिरहेको छ।
पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा डर्टमण्डसँग पराजित भैसकेको छ। तर पनि दोस्रो लेग उसको घरेलु मैदानमा हुने हुँदा पिएसजी फाइनल पुग्ने सम्भावना बाँकी नै छ।