September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन बुधबार राति स्पेनिस महारथी रियल म्याड्रिड र जर्मन क्लब बायर्न म्युनिख आमने-सामने हुँदैछन्।

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको खलका लागि रियल म्याड्रिड र बायर्न बुधबार राति आमने-सामने हुन लागेका हुन्। दोस्रो लेगको खेल रियलको घरेलु मैदान सानटियागो बर्नाबेउमा हुनेछ।

पहिलो लेगको खेलमा रियल र बायर्नले २-२ को बराबरी खेलेका थिए। बायर्नको घरेलु मैदानमा बायर्नका लागि लिरोए साने र ह्यारी केनले गोल गरेका थिए।

रियलका लागि भने दुवै गोल भिनिसियस जुनियरले गरेका थिए। दोस्रो लेगको खेल रियलको घरेलु मैदानमा हुने हुँदा बायर्न केहि बढी दबाबमा हुनेछ भने रियल घरेलु मैदानको फाइनल उठाउने योजनामा हुनेछ।

बायर्न रियल म्याड्रिड विरुद्ध आफ्नो पछिल्लो आठ खेलमा जीतविहीन छ। पछिल्ला आठ भेट मध्ये ६ भेटमा बायर्न पराजित भएको छ भने दुई खेलमा बराबरीमा रोकिएको छ।

बुधबार राति हुने खेलको विजेताले मंगलबार राति हुने पेरिस सेन्ट जर्मेन(पिएसजी) र बुरुसिया डर्टमण्ड बीचको विजेतासँग च्याम्पियन्स लिग फाइनल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *