September 20, 2024

एजेन्सी – सानदार कम्ब्याक गर्दै स्पेनिस महारथी रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा सानदार कम्ब्याक जित निलाल्दै रियल फाइनल प्रवेश गरेको हो।

बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार रियल २-१ को गोल अन्तरले विजयी भयो। जससंगै समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनल पुग्यो।

रियलको घरेलु मैदान सानटियागो बर्नाबेउमा भएको खेलको पछिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेनन्। तर दोस्रो हाफमा तीन गोल भए। बायर्नका लागि अल्फोन्सो डेविसले एक गोल गर्दा रियलका लागि जोसेलुले दुई गोल गरे।

६८औं मिनेटमा अल्फोन्सो डेविसले बायर्नलाई अग्रता दिलाएका थिए। उनले ह्यारी केनको पासलाई गोलमा परिणत गरेका थिए। ह्यारी केनको पासलाई अगाडी बढाएर शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए।

खेलको ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले खेलको खेलको ८८ औं मिनेटमा गोल गरेपछि रियल खेलमा फर्कियो। इन्ज्युरी समयमा पनि उनैले गोल गरे।

उनले इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्टनियो रुडीगरको क्रसमा गोल गरेका थिए। यस जितसंगै अब च्याम्पियन्स लिग फाइनलमा रियल र जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *