September 19, 2024

एजेन्सी – जर्मन च्याम्पियन बायर लेभरकुसेन अर्को उपाधि नजिक पुगेको छ। जर्मन च्याम्पियन बायर लेभरकुसेन युरोपा लिग उपाधि नजिक पुगेको हो।

लेभरकुसेनले युरोपा लिगको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमालाई २-२ बराबरीमा रोक्यो। जससंगै लेभरकुसेनले समग्रमा ४-२ को जित निकाल्दै युरोपा लिगको फाइनलमा स्थान बनायो।

बिहिबार राति घरेलु मैदानमा भएको खेलमा पछि परेर पनि लेभरकुसेनले कम्ब्याक गर्दै हार टार्यो। लेभरकुसेन पहिलो हाफमै १-० को गोल अन्तरले पछि परेको थियो। तर खेलको अन्त्यमा लगातार दुई गोल गर्दै फाइनलमा स्थान बनायो।

लेभरकुसेनका लागि जोसिप स्टानिसिकले एक गोल गर्दा एक गोल भने उपहारमा पाएको थियो। त्यस्तै रोमाका लागि भने लिआन्ड्रो परेडेसले दुई गोल गरेका थिए।

खेलको ४३ औं मिनेटमा लिआन्ड्रो परेडेसले गोल गर्दा रोमाले अग्रता पायो। सो गोल उनले पेनाल्टीका गरेका थिए। खेलको ६६ औं मिनेटमा रोमाले अग्रता दोब्बर बनायो, जब लिआन्ड्रो परेडेसले पुनः पेनाल्टीमा गोल गरे।

खेलको ८२ औं मिनेटमा लेभरकुसेनले एक गोल उपहारमा पायो। रोमाका खेलाडीले आत्मघाती गोल गरेपछि खेल २-१ को अवस्थामा पुगेको थियो। इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेसंगै लेभरकुसेनले बराबरी गर्यो। बिहिबार राति नै इटालियन क्लब एटलान्टाले मार्सेलाई पराजित गर्दै फाइनलमा स्थान बनायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *