September 19, 2024

एजेन्सी – पेरिस सेन्ट-जर्मेन(पिएसजी)का प्रशिक्षक लुइस एनरिकले किलियन एमबाप्पेले क्लब छाडेपनि आगामी सिजन पिएसजी थप बलियो भएर निस्किने बताएका छन्।

एक पत्रकार सम्मलेनका क्रममा लुइस एनरिकले किलियन एमबाप्पेको बहिर्गमनका बाबजुत पिएसजी आगामी सिजन थप बलियो भएर निस्किने बताएका हुन्।

क्लबमा केहि खेलाडी नभएपनि आफ्नो मुख्य योजना पिएसजीलाई थप बलियो र राम्रो बनाउने आफ्नो योजना रहेको उनले सुनाए। एम्बाप्पेले छाडेपनि आफूहरुको दृष्टिकोण परिवर्तन नहुने उनको भनाई छ।

“एम्बाप्पेको निर्णय भर्खरै सार्वजनिक भयो। तर उनको निर्णय बारे हामीलाई पहिला नै थाहा थियो। टोलीमा जो-जो भए पनि नभएपनि हाम्रो दृष्टिकोण परिवर्तन हुने छैन। मेरो लक्ष्य अर्को सिजन बलियो बन्ने हो।”,उनले भने।

एम्बाप्पेले पिएसजी छाड्ने निर्णय गरिसकेका छन् र उनले सो निर्णय केहि दिन अगाडी मात्रै सार्वजनिक गरेका थिए। उनले आफ्नो निर्णय सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन्।

एम्बाप्पेले पिएसजी छाड्ने निर्णय गरिसकेपछि अब पिएसजी उनको स्थान लिन सक्ने खेलाडीको खोजिमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *