September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका भेट्रान मिडफिल्डर लुका मोड्रिच रियल म्याड्रिडमै रहने पक्षमा देखिएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार मोड्रिच थप एक सिजन रियलमै रहने पक्षमा देखिएका हुन्।

मोड्रिच र रियल म्याड्रिड बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। उनलाई साउदी अरेबियन र अमेरिकी क्लबहरुले भित्र्याउन चाहेको भएपनि उनी भने रियलमै रहने पक्षमा रहेको बताइएको छ।

यस खबरलाई ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। रोमानोले सार्वजनिक गरेको जानकारी अनुसार मोड्रिचले आफ्नो चाहना रियललाई पनि सुनाइसकेका छन्।

रियलमा रहनको लागि मोड्रिच आफ्नो पारिश्रमिक घटाउन समेत तयार देखिएका छन्। यस बीचमा उनले दुई ठूला प्रस्तावहरुलाई अस्विकार गरिसकेको रोमानोको भनाई छ।

मोड्रिचले अन्य क्लबका प्रस्ताव रिजेक्ट गरिसकेको अवस्थामा अब उनी स्पेनमै रहने कि नरहने भन्ने कुरा रियलको निर्णयमा भर पर्नेछ। लामो समय देखि रियलका लागि खेलिरहेका उनले कयौं उपाधि जितेका छन्।

रियलबाट ५ च्याम्पियन्स लिग उपाधि जितिसकेका उनी चौथौं च्याम्पियन्स लिग जित्ने योजनामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *