एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने साउदी कल्ब अल इत्तिहादका फ्रेन्च स्टार करिम बेन्जेमा साउदी छाड्न चाहन्छन्।
युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले साउदी गएको एक सिजन सकिए लगत्तै बेन्जेमा साउदी छाडेर हिडें निर्णयमा पुगेको दावी गरेका हुन्।
स्पेनी समाचार आउटलेट रेलेभोका अनुसार फ्रान्सेलीले मध्य पूर्वमा त्यति सन्तुष्ट छैनन्। अल इत्तिहाद आवद्ध हुनुलाई उनले गलत कदमको रुपमा लिएको बताइएको छ।
बेन्जेमाले २०२१-२२ अभियानमा रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि सम्म पुर्याएका थिए। उनले त्यस सिजन सबै प्रतियोगिताहरूका ४४ खेलमा ४४ गोल गरेका थिए।
त्यसका लागि बेन्जेमाले बालोन डी’ओर समेत जितेका थिए। सन् २०२२ को बालोन डी’ओर जितेको आठ महिनापछि जुलाई २०२३ मा उनले साउदी अरेबिया सर्ने घोषणा गर्दा सम्पूर्ण फुटबल जगत चकित परेको थियो।
तर साउदी गएपछि बेन्जेमाको प्रदर्शन पहिला जस्तो हुन सकिरहेको छैन। साउदी गएपछि उनले घाइते समेत भए। विभिन्न कारणले गर्दा बेन्जेमा साउदीमा घुलमिल हुन सकिरहेका छैनन्। यसको अर्थ अब उनी साउदी छाडेर अन्यत्र जान सक्छन्।