December 23, 2024

एजेन्सी – साउदी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्को कोशेढुङ्गा पार गरेका छन्। सामाजिक संजालमा अत्याधिक चर्चित रोनाल्डोले अर्को कोशेढुङ्गा पार गरेका हुन्।

सामाजिक संजाल इन्स्टाग्राममा रोनाल्डोलाई पछ्याउनेको संख्या ६३ करोड नाघेको छ। हालसालै रोनाल्डोलाई फलो गर्नेको संख्या ६३ करोड नाघेको हो।

रोनाल्डोलाई अहिले ६ सय ३० मिलिय अर्थात ६३ करोडले इन्स्टाग्राममा पछ्याइरहेका छन्। रोनाल्डो इन्स्टाग्राममा सबै भन्दा बढी फलो गरिएका व्यक्ति हुन्।

इन्स्टाग्राम फलोवर्सको मामलामा दोस्रो स्थानमा मेजर सकर लिग क्लब इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी छन्। मेस्सी रोनाल्डो भन्दा धेरै पछि छन्।

मेस्सीलाई अहिले सम्म ५ सय २ मिलियन अर्थात ५० करोड २० लाख भन्दा बढीले पछ्याइरहेका छन्। मेस्सी रोनाल्डो भन्दा १२ करोड ८० लाख फलोवर्सले रोनाल्डो भन्दा पछि छन्।

यसबाहेक, रोनाल्डोले भर्खरै फोर्ब्सको सबैभन्दा धेरै कमाउने खेलाडीहरूको सूचीमा चौथो पटक शीर्ष स्थान हासिल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *