September 19, 2024

एजेन्सी – अल नासरका पोर्चुगिज भेट्रान स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले सानदार रेकर्ड बनाएका छन्। साउदी प्रो लिगको सन् २०२३-२४ को सिजनको अन्तिम खेलमा सानदार प्रदर्शन गर्दै रोनाल्डोले रेकर्ड बनाएका हुन्।

सोमबार राति अल नासरले अल वेदाको सामना गर्यों। सो खेलमा अल नासरलाई ४-२ को जित दिलाउन रोनाल्डोले महत्वपूर्ण भूमिका निभाए। रोनाल्डोले अल वेदा विरुद्ध दुई गोल गरे।

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। ६९ औं मिनेटमा रोनाल्डोले नै अल नासरका लागि दोस्रो गोल गरेका थिए।

दुई गोल गरेसंगै रोनाल्डोले एक दुर्लभ रेकर्ड तोडे। रोनाल्डो साउदी प्रो लिगको एक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बने। सोमबार राति गरेका दुई गोलसंगै रोनाल्डोको गोल संख्या यस सिजन ३५ पुग्यो।

उनले यो सिजन लिगमा ३१ खेलमा ३५ गोल र ११ असिस्ट प्रदान गरे। रोनाल्डोले नयाँ कीर्तिमान बनाउने क्रममा अल नासरकै पुर्व मोरक्कन फरवार्ड अब्देरराजक हमदल्लाहको कीर्तिमान तोडे।

उनले सन् २०१८–१९ को सिजनमा ३४ गोल गर्दै साउदी प्रो लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाएका थिए। तर सो रेकर्ड सोमबार रोनाल्डोले तोडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *