September 19, 2024

एजेन्सी – साउदी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुर्लभ रेकर्ड बनाएका छन्। साउदी प्रो लिगको सन् २०२३-२४ को सिजनमा निरन्तर उच्च प्रदर्शन गरेसंगै रोनाल्डोले दुर्लभ रेकर्ड बनाएका हुन्।

साउदी क्लब अल नासरका लागि सन् २०२३-२४ को सिजनमा रोनाल्डोले निरन्तर उच्च प्रदर्शन गरे। अल नासर उपाधि जित्नबाट चुकेपनि रोनाल्डो लिगको शिर्ष गोलकर्ताको रुपमा उभिए।

रोनाल्डोले यो सिजन लिगमा ३१ खेलमा ३५ गोल र ११ असिस्ट प्रदान गरे। साउदी प्रो लिगमा सिजनको शिर्ष गोल कर्ता बनेसंगै रोनाल्डोले एक दुर्लभ रेकर्ड आफ्नो नाम गराए।

क्रिस्टियानो रोनाल्डो चार फरक लिगहरूमा शीर्ष गोलकर्ता बन्ने पहिलो खेलाडी बने। उनले ला लिगा गोल्डेन बुट तीन पटक जितेका छन्। साथै उनले प्रिमियर लिग गोल्डेन बुट, सिरी ए गोल्डेन बुट र साउदी प्रो लिग गोल्डेन बुट पनि जितेका छन्।

रोनाल्डोले अल-इतिहादलाई ४-२ ले जित्दा दुई दुई गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी टाइममा लेफ्टफुट गोल गरेपछि उनले खेलको ६९ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए ।

रोनाल्डोले यस सिजन अल-नासरका लागि ४४ आधिकारिक खेलमा १३ असिस्टसहित ४४ गोल गरेका छन्। अरब कप अफ च्याम्पियन्समा आफ्नो ६ गोल गन्ने हो भने रोनाल्डोले यस सिजन ५० गोल पूरा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *