September 19, 2024

एजेन्सी – च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस महारथी रियल म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड आमने-सामने हुँदैछन्। च्याम्पियन्स लिगको फाइनलमा रियल र डर्टमण्ड आज राति आमने-सामने हुँदा लागेका हुन्।

रियल र डर्टमण्ड बीचको च्याम्पियन्स लिग फाइनल खेल बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

आज राति रियल म्याड्रिड १८ औं पटक युरोपियन कप/ च्याम्पियन्स लिगको फाइनल खेल्नेछ भने डर्टमण्ड तेस्रो च्याम्पियन्स लिग फाइनल खेलिरहेको हुनेछ। च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब र स्पेनिस क्लब भिड्न लागेको यो सन् २००२ पछिको पहिलो पटक हो।

डर्टमण्ड र रियल म्याड्रिड पछिल्लो पटक सन् २०१७-१८ सिजनमा च्याम्पियन्स लिगको समूह चरणमा आमने-सामने भएका थिए। त्यसबेला रियलले दुवै खेल जितेको थियो।

रियल विरुद्धका पछिल्ला १४ च्याम्पियन्स लिग खेल मध्ये डर्टमण्डले मात्र तीन खेल जितेको छ। त्यस्तै रियलले ६ खेलमा जित निकाल्दा ५ खेल भने बराबरीमा रोकिएको छ।

आज डर्टमण्डलाई पराजित गर्न सकेको खण्डमा रियल १५ औं पटक च्याम्पियन्स लिग च्याम्पियन बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *