एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पे अन्ततः स्पेनिस क्लब रियल म्याड्रिड आवद्ध भएका छन्। लामो समय देखि रियल आवद्ध हुन चाहिरहेका एम्बाप्पे अन्ततः रियल आवद्ध भएका हुन्।
रियल म्याड्रिडले सामजिक संजाल मार्फत एम्बाप्पेलाई आफ्नो क्लबको नयाँ खेलाडीको रुपमा सार्वजनिक गरेको छ। एमबाप्पेसँग रियलले आउँदो जुलाई देखि २०२९ सम्मको लागि सम्झौता गरेको बताइएको छ।
“रियल म्याड्रिड सीएफ र किलियन एमबाप्पे बीच सम्झौता भएको छ। एम्बाप्पे अर्को पाँच सिजन रियलको खेलाडी रहनेछन्।”,रियलले अधिकारिक घोषणा गर्दै भनेको छ।
यस्तै एम्बाप्पेले पनि सामाजिक संजाल मार्फत आफू रियल आवद्ध भएको जानकारी गराएका छन्। एम्बाप्पेले सामाजिक संजालमा अन्ततः आफ्नो सपना पूरा भएको उल्लेख गरेका छन्।
त्यसक्रममा एम्बाप्पेले रियलको टोलीमा आवद्ध हुन आफू धेरै उत्साहित रहेको बताउन पन्नी छुटाएका छैनन्।
उनले सामाजिक संजाल मार्फत भनेका छन्,”एउटा सपना साकार भयो, मेरो सपनाको क्लबमा सामेल हुन पाउँदा धेरै खुसी र गर्व लागेको छ। म अहिले कति उत्साहित छु भनेर कसैले बुझ्न सक्दैन।”
Un sueño hecho realidad.
Muy feliz y orgulloso de formar parte del club de mis sueños @realmadrid Es imposible explicar lo feliz y emocionado que me siento en este momento. Estoy impaciente por veros, Madridistas, y gracias por vuestro increíble apoyo.
¡Hala Madrid! 🤍🤍🤍— Kylian Mbappé (@KMbappe) June 3, 2024