September 19, 2024

एजेन्सी – रियल मड्रिडका लिजेण्ड क्रिस्टियानो रोनाल्डो फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई सान्टियागो बर्नाबेउमा देख्न आतूर छन। एम्बाप्पेले रियलसँग सम्झौता गरेपछि सामाजिक संजाल मार्फत रोनाल्डोले आफू एम्बाप्पेलाई सान्टियागो बर्नाबेउ देख्न आतूर रहेको बताएका छन्।

एम्बाप्पेले रियल म्याड्रिडसँग सम्झौता गरेपछि सामाजिक संजाल मार्फत खुशी व्यक्त गरेका थिए। सो पोस्टमा प्रतिक्रिया जनाउँदै रोनाल्डोले एम्बाप्पेलाई सान्टियागो बर्नाबेउ देख्न आतूर रहेको बताएका हुन्।

“सान्टियागो बर्नाबेउलाई तिमिले चम्किलो बनाएको हेर्ने अब मेरो पालो”,रोनाल्डोले प्रतिक्रिया जनाउँदै भनेका छन्।

२५ वर्षीय एमबाप्पे पछिल्लो सात सिजनमा पेरिस सेन्ट जर्मेन(पिएसजी) र फ्रान्सका लागि महत्वपूर्ण खेलाडी रहे। कम उमेरमै उनले विश्वकप सहित विभिन्न उपाधि जितिसकेका छन्।

एम्बाप्पेले पिएसजीबाट सबै उपाधि जितेपनि च्याम्पियन्स लिग भने जित्न सकेनन्। अब एम्बाप्पे रियलबाट च्याम्पियन्स लिग जित्ने तर्फ केन्द्रित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *