September 20, 2024

एजेन्सी – बेलायतका एक पोडकास्टरले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई लिएर अपमानजनक टिप्पणी गरेका छन्। युके पोडकास्टर लुइस बाउडेनले रोनाल्डोलाई लिएर अपमानजनक टिप्पणी गरेका हुन्।

बाउडेनले यस ग्रीष्मकालीन युरो २०२४ मा क्रिस्टियानो रोनाल्डो सबैभन्दा खराब प्रदर्शन गर्ने खेलाडी बन्ने दावी गरे। उनका अनुसार रोनाल्डोले धेरै पहिला सन्यास लिनु पर्थ्यो।

“रोनाल्डोले धेरै सिजन पहिले नै सन्यास लिनु पर्ने थियो। यो यूरोमा उनी धेरै नराम्रोसँग फ्लप हुनेछन्। मलाई लाग्छ रोनाल्डो यूरोमा सबैभन्दा खराब खेलाडी हुनेछन्।”,बाउडेनले भने।

बाउडेनले यस्तो अपमानजनक टिप्पणी गर्दा बाउडेनका को-होस्ट मध्ये एकले उनलाई अपमानजनक टिप्पणी नगर्न आग्रह गरेको भिडियोमा देख्न सकिन्छ। जसपश्चात बाउडेनले रोनाल्डोलाई सन्यास लिन सुझाव दिन्छन्।

जसल जे भने पनि रोनाल्डोले यस सिजन साउदी प्रो लिगमा धेरै राम्रो प्रदर्शन गरे। कुनै उपाधि जित्न नसकेपनि रोनाल्डो साउदी प्रो लिगको गोल्डेन बुट विजेता बने।

रोनाल्डो पोर्चुगलको युरो छनोट अभियानमा निक्कै प्रभावशाली देखिएका थिए। रोनाल्डोले नौ खेलमा १० गोल र दुई असिस्ट प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *