एजेन्सी – फुटबल विश्लेषक पण्डित म्याट डोयलले मेजर सकर लिगको उत्कृष्ट खेलाडीको अवार्ड अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले जित्नेमा शंका व्यक्त गरेका छन्।
एक कुराकानीका क्रममा डोयलले मेजर सकर लिगको उत्कृष्ट खेलाडीको अवार्ड अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले जित्छन् नै भनेर भन्न नसकिने बताएका हुन्।
मेस्सीले मेजर सकर लिगको सिजनको उत्कृष्ट खेलाडी बन्नको लागि धेरै मिहिनेत गर्नुपर्ने डोयलको भनाई छ। उनका अनुसार मेजर सकर लिगको उत्कृष्ट खेलाडी बन्ने दौडमा मेस्सीलाई रियल साल्ट लेक फरवार्ड क्रिस्टियन अराङ्गोले पछि पार्न सक्ने उनले दावी गरे।
“यो गजबको थियो। अराङ्गोले आफू मेजर सकर लिगको एमभिपि(उत्कृष्ट खेलाडी) बन्ने दौडमा छु भनेर प्रमाणित गरे। मेस्सीले सिधै यो अवार्ड जित्न सक्ने छैनन्। उनले यो कमाउनु पर्नेछ।”,डोयलले भने।
उल्लेखनीय रूपमा, कोलम्बियालीले यस सिजन प्रभावशाली १६ गोल गरिसकेका छन्। उनले यस सिजन साल्ट लेकका लागि १७ खेल खेलेका छन्। मेस्सीको नाममा यस सिजन १२ गोल छ।
मेस्सीले मेजर सकर लिगका १२ खेलमा १२ गोल गरेका छन् भने उनको नाममा १३ असिस्ट पनि छ।