September 20, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेका समर्थकले क्याटलान क्लब बार्सिलोनालाई सावधान रहन सुझाव दिएका छन्। युरो कप अगाडीको मैत्रीपूर्ण खेलमा एम्बाप्पेले सानदार प्रदर्शन गरेपछि उनका समर्थकमे बार्सिलोनालाई सावधान रहन सुझाव दिएका हुन्।

युरो कप अगाडी आयोजित मैत्रीपूर्ण खेलमा लक्जमबर्गलाई फ्रान्सले बुधबार राति सानदार जित दर्ता गरेको थियो। सो खेलमा एम्बाप्पेले धेरै राम्रो प्रदर्शन गरेका थिए।

फ्रान्सको तर्फबाट भएको तीन मध्ये तीनै गोलमा एम्बाप्पेको भूमिका थिए। एम्बाप्पेले सो खेलमा एक गोल गर्दा दुई असिस्ट दिएका थिए। रान्डल कोलो मुआनी र जोनाथन क्लाउसले गरेका गोलका लागि एम्बाप्पेले सहयोग प्रदान गरेका थिए।

स्पेनिस महारथी रियल म्याड्रिडसँग एम्बाप्पेले केहि दिन अगाडी मात्र सम्झौता गरेका थिए। सो सम्झौता पश्चात एम्बाप्पे पहिलो पटक मैदानमा उत्रिए। एम्बाप्पे चम्किएपछि उनका समर्थकहरु पनि उत्साहित देखिएका छन्।

धेरैले सामाजिक संजाल मार्फत एम्बाप्पेको प्रशंसा गर्दै बार्सिलोनालाई भने सतर्क रहन सुझाव दिएका छन्। त्यस्तै केहिले युरो कपमा एम्बाप्पेले तहल्का मच्चाउने दावी पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *