September 19, 2024

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर इल्के गुन्डोगनले आफ्नो पूर्व क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग हार्नुको कारण बारे चर्चा गरेका छन्।

एक अन्तर्वार्ताका क्रममा सिटीका पूर्व खेलाडी समेत रहेका गुन्डोगनले च्याम्पियन्स लिगमा सिटी रियल म्याड्रिडसँग पराजित भएको विषयमा चर्चा गरेका हुन्।

म्याड्रिडमा भएको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो। दोस्रो लेगको खेल इतिहाद १–१ ले सकिएको थियो। कार्लो एन्सेलोटीको टोली अन्ततः पेनाल्टीमा ४-३ को अन्तरले विजयी हुन पुग्यो।

गुन्डोगनका अनुसार च्याम्पियन्स लिगमा रियल म्याड्रिड भन्दा सिटीले बलियो प्रदर्शन गरेको थियो। उनले रियल माथि सिटी हावी रहेको दावी गर्न छुटाएनन्।

“किनभने फुटबल क्षणहरूको खेल हो। रियल म्याड्रिड विरुद्ध सिटी बढी हावी थियो। तर अन्तिममा म्याड्रिडले महत्त्वपूर्ण क्षणहरूमा सही निर्णय गर्यो।”,गुन्डोगनले भने।

गुन्डोगनले रियल म्याड्रिड खेलको अन्त्य सम्म नडराई खेल्ने गरेको र त्यो नै आफूलाई धेरै मन गर्ने बताए। उनले भने,”मलाई रियल म्याड्रिडको बारेमा मनपर्ने कुरा यो हो कि ८५ औं मिनेटमा १-० ले पछि पर्दा पनि उनीहरु डराउँदैनन्। यो एक बलियो मानसिक गुण हो जसले कुनै पनि योजनालाई पराजित गर्न सक्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *