September 20, 2024

एजेन्सी – युरो कप अगाडीको अन्तिम मैत्रीपूर्ण खेलका लागि पोर्चुगल आज एक्सनमा उत्रँदैछ। युरो कपको तयारीका लागि पोर्चुगल आज राति एक्सनमा उत्रन लागेको हो।

पोर्चुगलले आज राति आयरल्याण्डको सामना गर्नेछ। पोर्चुगल र आयरल्याण्ड बीचको मैत्रीपूर्ण खेल पोर्चुगलमा हुनेछ। खेल नेपाली समय अनुसार रातको १२ बजेर ३० मिनेटमा सुरु हुनेछ।

रोनाल्डो खेल्ने सम्भावना कति ?

टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो यस अगाडी पोर्चुगलका दुई खेलाडीमा सहभागी भएका थिएनन्। त्यसमध्ये एक खेलमा जित निकाल्दा पोर्चुगल एक खेलमा पराजित भएको थियो।

साउदी प्रो लिगको अन्त्य पश्चात रोनाल्डो छुट्टीमा निस्किएका थिए। उनी गत साता मात्रै पोर्चुगलको राष्ट्रिय टोलीमा फिर्ता भएका हुन्। उनले क्रोएसिया विरुद्धको खेल बेन्चबाट हेरेका थिए।

जुन खेलमा पोर्चुगल पराजित भएको थियो। आज आयरल्याण्ड विरुद्ध भने रोनाल्डो खेल्नेछन्। खेल अगाडीको पत्रकार सम्मेलनका क्रममा पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले आयरल्याण्ड विरुद्ध खेल्ने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *