December 23, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो युरो कपको उपाधि जित्ने अभियानमा छन्। पोर्चुगलका लागि निरन्तर दुई दशक देखि उच्च प्रदर्शन गर्दै आएका उनका लागि केहि दिनमा सुरु हुने युरो कप छैठौं युरो हुनेछ।

युरो २००४ मा डेब्यु गर्दा रोनाल्डो १९ वर्षका थिए। अहिले उनी ३९ वर्ष पुगिसकेका छन्। आगामी युरो कपमा सहभागी भएसंगै उनी छ पटक युरो कपमा सहभागी हुने पहिलो खेलाडी हुनेछन्।

रोनाल्डोले आगामी युरोमा यो मात्र नभई अन्य विभिन्न रेकर्डहरु पनि बनाउन सक्छन्। रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा सबै भन्दा बढी चान्स क्रिएट गर्ने खेलाडीको रेकर्ड तोड्न सक्छन्।

युरोपियन च्याम्पियनसिपमा सबै भन्दा बढी चान्स क्रिएट गर्ने खेलाडीको रेकर्ड लुइस फिगोको नाममा छ। दोस्रो स्थानमा रोनाल्डो छन्। फिगोले ४२ चान्स क्रिएट गर्दा रोनाल्डोले ४१ चान्स क्रिएट गरेका छन्।

आगामी युरोमा दुई चान्स क्रिएट गरेको खण्डमा रोनाल्डोले यो रेकर्ड तोड्न सक्नेछन्। रोनाल्डो युरोमा गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बन्न सक्छन्।

रोनाल्डो पोर्चुगल टोलीका सबैभन्दा पाका खेलाडी होइनन्। उनका सहकर्मी पेपे पोर्चुगलको टोलीका सबै भन्दा पाका खेलाडी हुन्। उनी ४१ वर्षका छन्। यस युरोमा गोल गरेको खण्डमा पेपे युरोमा गोल गर्ने सबै भन्दा पाका खेलाडी बन्न सक्छन्। तर यस मामलामा रोनाल्डो अगाडी हुन सक्छन्।

किन भने पेपे टोलीक डिफेन्डर हुन्। युरोमा गोल गर्ने सबै भन्दा पाका खेलाडीको रेकर्ड अस्ट्रियाका इभिका भास्टिकको नाममा छ। उनले ३८ वर्ष २ सय ५७ दिनको हुँदा गोल गरेका थिए।

यस्तै रोनाल्डो ५० राष्ट्र विरुद्ध गोल गर्ने पहिलो खेलाडी पनि बन्न सक्छन्। उनले अहिले सम्म ४७ राष्ट्र विरुद्ध गोल गरिसकेका छन्। पोर्चुगल समूह चरणबाट अगाडी बढेमा उनले यो मौका पाउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *