September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी क्लब होस् अथवा राष्ट्रिय टोली अर्जेन्टिना, दुवैबाट निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। साथै उनले नयाँ-नयाँ रेकर्डहरु पनि बनाइरहेका छन्।

इन्टर मियामी स्टारले इक्वेडर विरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले खेलको ५६ औं मिनेटमा सिकागोको सोल्जर फिल्ड स्टेडियममा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।

जसलगत्तै मेस्सीको नाममा एक दुर्लभ रेकर्ड बन्यो। मेस्सी विश्वकप विजेता टोलीका लागि सबै भन्दा बढी खेल खेल्ने खेलाडी बने। उनले त्यस रेकर्डका लागि स्पेनिस डिफेन्डर सर्जियो रामोसलाई पछि पारे।

इक्वेडर विरुद्धको खेल मेस्सीका लागि अर्जेन्टिनाबाट १ सय ८१ औं थियो। यो कुनै पनि विश्वकप विजेता खेलाडीले आफ्नो देशका लागि खेलेको सर्वाधिक खेल संख्या हो।

यो एक कीर्तिमान हो जुन कोपा अमेरिकामा विस्तार हुनेछ। रामोसले स्पेनका लागि कुल १ सय ८० खेल खेलेका थिए। तर अब उनलाई मेस्सीले पछि पारेका छन्।

यस मामलामा इटालीका महान फुटबलर जियानलुइजी बुफोन रहेका छन्। उनले १९९७ देखि २०१८ सम्म कुल १ सय ७६ खेल खेलेका थिए। अंतर्र्शत्रिया अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा बढी खेल खेल्ने खेलाडीको रुपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन्।

तर रोनाल्डोले अहिले सम्म विश्वकप जित्न सकेका छैनन्। जसकारण उनले यस रेकर्डको विश्वकप नजिते सम्म तोड्न सक्ने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *