September 20, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध साउदी क्लब अल नासरले प्रिमियर लिगका एक स्टारलाई भित्र्याउने योजना बनाएको छ।

स्पेन र साउदीबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले अल नासर यस समर ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई भित्र्याउन इच्छुक रहेको दावी गरेका हुन्।

डच अन्तर्राष्ट्रियसँग उनको लिभरपुल सम्झौतामा एक वर्ष बाँकी छ। उनले अहिले सम्म लिभरपुलसँगको सम्झौता थप गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय गरेका छैनन्।

यस्तो अवस्थामा उनलाई विभिन्न क्लबहरुले नजर लगाइरहेका छन्। उनलाई जर्मन क्लब बायर्न म्युनिखले नजिकबाट नियालिरहेको बताइएको छ। अब उनलाई भित्र्याउने दौडमा अल नासर पनि सहभागी हुनेछ।

अल नासरका अधिकारीहरुले भान डाइकका प्रतिनिधिहरुलाई भेटेको र उच्च पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ।

अल नासरले भान डाइक विश्वकै सर्वाधिक कमाउने डिफेन्डर बनाउने प्रस्ताव गरेको बताएको छ। तर अल नासरको प्रस्तावमा खेलाडी पक्षले खासै चासो नदेखाएको मार्काको समाचारमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *