September 20, 2024

एजेन्सी – यहि साताबाट अमेरिकामा कोपा अमेरिका प्रतियोगिता सुरु हुँदैछ। यस पटक कोपा अमेरिकामा दक्षिण अमेरिका र उत्तर अमेरिकाका टोलीहरु सहभागी हुँदैछन्।

साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको उपाधि रक्ष गर्ने योजना सहित प्रतियोगितामा सहभागी हुनेछ। पछिल्लो कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको थियो।

विश्वकप विजेता समेत रहेको अर्जेन्टिना पक्कै पनि यस पटक उपाधि रक्षा गर्ने योजनामा हुनेछ। अर्जेन्टिनाले कोपा अमेरिकाको पहिलो खेलमा क्यानाडाको सामना गर्नेछ।

क्यानाडाको सामना गर्दा लियोनेल मेस्सीलाई एक दुर्लभ रेकर्ड बनाउने अवसर हुनेछ। शुक्रबार बिहान हुने खेलमा सहभागी हुने बितिकै मेस्सी कोपा अमेरिकामा सबै भन्दा बढी खेल खेल्ने खेलाडी बन्नेछन्।

हाल सो रेकर्ड चिलीका लेजेण्ड सर्जियो लिभिङस्टोनको नाममा रहेको छ। उनले कुल ३४ कोपा अमेरिका खेल खेलेका थिए। मेस्सीले पनि अहिले सम्म ३४ खेल खेलेका छन्।

तर शनिबार बिहान भने कोपा अमेरिकामा मेस्सीको ३५ औं खेल हुनेछ। जसपश्चात उनी कोपा अमेरिकामा सबै भन्दा बढी खेल खेल्ने खेलाडी बन्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *