September 20, 2024

एजेन्सी – जर्मनीमा जारी युरो कपको पहिलो खेलमा फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ। युरो कपको पहिलो खेलमा फ्रान्सले सोमबार राति संघर्षपूर्ण जित निकालेको हो।

जर्मनीमा जारी युरोको समूह डीमा सोमबार फ्रान्सले अस्ट्रियालाई १-० ले पराजित गर्यो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती नै फ्रान्सका लागि जितको पर्याप्त बन्यो।

खेल जितेपनि बलमा भने फ्रान्सले खासै राम्रो नियन्त्रण राख्न सकेन। बलमा अस्ट्रियाको ५२ प्रतिशत नियन्त्रण थियो। खेलभर अस्ट्रियाको तर्फबाट ५ प्रहार भएका थिए।

जस मध्ये ३ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत हुन सकेनन्। फ्रान्सले भने खेलभर १४ प्रहार गरेको थियो। जसमध्ये ३ प्रहार टार्गेटमा थिए।

त्यस्तै सोमबार राति नै भएको अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग स्तब्ध भयो। ईभान स्क्ररान्जले सातौं मिनेटमा गरेको गोलमा स्लोभाकिया विजयी भयो।

त्यस अगाडी भएको अर्को खेलमा रोमानियाले युक्रेनमाथि ३-० को जित निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *