December 23, 2024

एजेन्सी – कयौं वर्ष अगाडी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बनाएको रेकर्ड तोडिएको छ। रोनाल्डोले सन् २००४ को युरो कपमा बनाएको रेकर्ड अहिले आएर तोडिएको हो।

पहिलो युरो कप खेल्ने क्रममा गोल गर्दै रोनाल्डोले युरो कपमा गोल गर्ने सबै भन्दा खेलाडीको रुपमा बनाएको रेकर्ड मंगलबार राति टर्की र जर्जिया बीचको खेलमा क्रममा तोडियो।

रोनाल्डोको रेकर्ड टर्कीका युवा स्टार आर्दा गुलेरले तोडे। आर्दा गुलेरले खेलको ६५औं मिनेटमा सानदार गोल गरेका थिए। गुलेरले बक्स भन्दा निकै टाढाबाट पाएको स्पेसमा गरेको प्रहार गोलमा परिणत भयो।

जससंगै रोनाल्डोको रेकर्ड तोडियो र गुलर युरोमा गोल गर्ने सबै भन्दा कान्छा खेलाडी बने। सन् २००४ मा गोल गर्दा रोनाल्डोको उमेर १९ वर्ष १ सय २८ दिन थियो।

मंगलबार गुलरको उमेर १९ वर्ष १ सय १४ दिन थियो। जसकारण गुलर युरोमा गोल गर्ने सबै भन्दा कान्छा खेलाडी बने। समूह एफ अन्तर्गतको पहिलो खेलमा टर्कीले जर्जियालाई ३-१ ले पराजित गर्यो।

टर्की र पोर्चुगल एकै समूहमा छन्। समूह चरण पार गर्दै अर्को चरणमा प्रवेश गर्ने योजनामा रहेका दुवै टोलीले आफ्नो पहिलो खेल जितिसकेका छन्। पोर्चुगल र टर्की शनिबार राति आमने-सामने हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *