September 19, 2024

एजेन्सी – युरो कप २०२४ को पहिलो खेलमा पोर्चुगलले मंगलबार राति चेक रिपब्लिकको सामना गर्यो। चेक रिपब्लिकले पहिला अग्रता लिएपनि पुनरागमन जित निकाल्न पोर्चुगल सफल भयो।

चेकका लागि लुकास प्रोभोडले गोल गरेका थिए। खेलको ६२ औं मिनेटमा उनले गोल गर्न सफल भएका थिए। तर चेकको अग्रता लामो समय टिक्न सकेन।

६९औं मिनेटमा चेकका ह्रानाकले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो। त्यसपश्चात पोर्चुगलले निरन्तर आक्रमण गरेपनि निर्धारित ९० मिनेट सम्म थप गोल गर्न सकेन।

तर इन्ज्युरी समयको दोस्रो मिनेटमा फ्रान्सिस्को कन्सेईकाओले गोल गरेपछि पोर्चुगल विजयी भयो। कन्सेईकाओको सो गोलले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पनि उत्साहित बनायो।

रोनाल्डोले निर्णायक गोलको खुलेर खुशियाली मनाए। तर उनको सो खुशियाली मनाउने तरिकालाई लिएर यति बेला विभिन्न प्रकारक टिका टिप्पणी भइरहेका छन्।

चेकका गोलरक्षकको अपमान गरेको भन्दै सामाजिक संजालमा धेरैले रोनाल्डोको आलोचना गरेका छन्। खुशियाली मनाउने रोनाल्डोको हक भएपनि विपक्षी गोलरक्षकलाई गिज्याउनु भने गलत रहेको धेरैको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *