September 20, 2024

एजेन्सी – कोपा अमेरिकाको साविक विजेता अर्जेन्टिना उपाधि रक्षामा होमिँदैछ। अमेरिकामा हुने कोपा अमेरिकाको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडाको सामना गर्नेछ।

अर्जेन्टिना एक्सनमा उत्रन्नु अगाडी अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्व खेलाडी सर्जियो अगुएरो धेरै उत्साहित देखिएका छन्। अगुएरो अर्जेन्टिनाले ब्याक टु ब्याक कोपा अमेरिका जितोस् भन्ने पक्षमा छन्।

यसै बीच अगुएरोले सामाजिक संजालमा पोस्ट गरेको एक तस्विर चर्चामा छ। जसमा उनी अर्जेन्टिनीको जर्सी सहितका दुई बाख्रागोट) सहित देखिएका छन्।

यस्तै उनले स्टेकसँगको कुराकानीका क्रममा लियोनेल मेस्सी इतिहाँसकै उत्कृष्ट खेलाडी ‘ गोट’ रहेको र उनीसँग खेल्न पाएकोमा आफू धेरै खुशी रहेको बताए।

अर्जेन्टिनाले यस पटक कोपा अमेरिका उपाधि रक्षा गर्न सकेको खण्डमा अहिलेको टोली इतिहाँसकै सबै भन्दा उत्कृष्ट टोलीको रुपमा स्थापित हुने अगुएरोले बताउन छुटाएनन्।

अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको फाइनलमा ब्राजिलको सामना गरेको थियो। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसपश्चात अर्जेन्टिनाले विश्वकप समेत जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *