September 20, 2024

एजेन्सी – अर्जेन्टिनाका फुटबल विश्लेषक ड्यानी ओस्भाल्डोको दावीलाई मान्ने हो भने ब्राजिलमा जन्मिएको भए क्रिस्टियानो रोनाल्डोले अहिले सम्म दुई विश्वकप उपाधि जितिसकेको हुने थिए।

एक कुराकानका क्रममा ओस्भाल्डोले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ब्राजिलमा जन्मिएको भए उनले अहिले सम्म दुई विश्वकप उपाधि जितिसकेको हुने दावी गरे।

“यो क्रिस्टियानोको गल्ती होइन कि उनी पोर्चुगल जस्तो गैर-प्रतिस्पर्धी देशमा जन्मिए। पोर्चुगलमा पहिला राम्रो फुटबल परम्परा थिएन। यदि क्रिस्टियानो रोनाल्डो ब्राजिलमा जन्मेको भए उनले दुईवटा विश्वकप जित्ने थिए।”,ओस्भाल्डोले भने।

रोनाल्डोलाई फुटबल इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ। क्लब स्तरमा रोनाल्डोले सबै उपाधि जितिसकेका छन् भने उनले अहिले सम्म पाँच बालोन डी’ओर जितिसकेका छन्।

तर आफ्नो देशबाट विश्वकप भने उनले जित्न बाँकी छ। उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन् २००३ मा डेब्यू गरेका थिए। पोर्चुगलसँग उनले सन् २०१६ मा युरो कपको उपाधि जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *