September 20, 2024

एजेन्सी – विश्वविजेता अर्जेन्टिनाले कोपा अमेरिका उपाधि रक्षाको अभियान शुक्रबार बिहानबाट सुरु गर्दैछ। कोपा अमेरिकाको पछिल्लो संस्करणको विजेता अर्जेन्टिनाले शुक्रबारबाट उपाधि रक्षाको अभियान सुरु गर्न लागेको हो।

कोपा अमेरिका २०२४ को पहिलो खेलमा अर्जेन्टिनाले क्यानडाको सामना गर्नेछ। अर्जेन्टिना र क्यानडा बीचको खेल मर्सिडीज बेन्ज स्टेडियममा नेपाली समय अनुसार बिहानको ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

अर्जेन्टिना २०२१ को कोपा अमेरिकादेखि अविश्वसनीय दौडमा छ। कोपा अमेरिका पछि अर्जेन्टिनाले सन् २०२२ मा वेम्बली स्टेडियममा इटालीलाई हराउँदै फाइनलसिमा जितेको थियो।

त्यसपश्चात कतारमा सम्पन्न विश्वकप पनि अर्जेन्टिनाले नै जितेको थियो। लियोनेल स्कालोनीको टोलीले क्यानडा विरुद्धको समूह ए खेलबाट सुरु हुने प्रमुख प्रतियोगितामा अर्को बलियो प्रदर्शनको खोजी गर्नेछ।

मेस्सी खेल्ने सम्भावना कति ?

कोपा अमेरिकाको आफ्नो उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडासँग खेल्दा लियोनल मेस्सीले सुरुवात गर्ने अपेक्षा गर्न सकिन्छ। मेस्सी क्यानडा विरुद्ध खेल्नको लागि पूर्ण रुपमा फिट छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *