September 20, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अगुएरोले यस वर्षको बालोन डी’ओर अवार्ड रियल म्याड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले जित्न सक्ने बताएका छन्।

एक कुराकानीका क्रममा अगुएरोले रियल म्याड्रिडका लागि सिजनभर उच्च प्रदर्शन गरेको आधारमा रियल म्याड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले यस वर्षको बालोन डी’ओर अवार्ड जित्न सक्ने बताएका हुन्।

“मलाई लाग्छ कि यो अवार्ड भिनिसियसले जित्नुपर्छ। उनले गज्जबको दिजन बिताए, लालिगा जिते, च्याम्पियन्स लिग जिते। बेलिङहमले पनि राम्रो सुरुवात गरेका थिए। तर पछि उनले केहि कम्जोर प्रदर्शन गरे। भिनिसियस रियल म्याड्रिडको शक्तिशाली मुख्य आक्रामक हतियार बनेका छन्। यो वर्ष उनले जित्नुपर्छ।”,अगुएरोले भने।

ब्राजिलियन आक्रमणकारी पक्कै पनि लस ब्लान्कोसको साथ उनको अविश्वसनीय क्लब सिजन पछि बालोन डी’ओर जित्ने दौडको अग्रपंक्तिमा छन्। २३ वर्षीय फरवार्डले बोरुसिया डर्टमण्डविरुद्धको युइएफए च्याम्पियन्स लिगको फाइनलमा गोल समेत गरेका थिए।

भिनिसियसले गत सिजन २४ गोल गर्दा ११ असिस्ट प्रदान गरेका थिए। बोरुसिया डर्टमुन्डबाट सामेल भएपछि लिङ्घमले तुरुन्तै आफूलाई म्याड्रिडको प्रमुख खेलाडीको रूपमा स्थापित गरेका थिए। उनले ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा २३ गोल र १३ असिस्टको योगदान दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *