September 20, 2024

एजेन्सी – मंगलबार राति पोर्चुगलले युरो कपमा सुखद सुरुवात गर्यो। जर्मनीमा जारी प्रतियोगिताको पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिक विरुद्ध कम्ब्याक जित निकाल्यो।

जित सहित प्रतियोगितामा सुखद सुरुवात गरेपनि पोर्चुगलका सबै भन्दा उम्दा खेलाडी क्रिस्टियानो रोनाल्डोले हने एक खराब रेकर्डलाई जारी नै राखेका छन्।

युरो कपमा फ्री किकको मामलामा रोनाल्डोले एक खराब रेकर्डलाई कायम राखेका हुन्। क्लब फुटबलमा फ्री किकको मामलामा रोनाल्डो सबै भन्दा उत्कृष्ट मध्ये एक मानिन्छन्।

तर युरो कपमा भने उनले खासै राम्रो फ्री किक प्रहार गर्न सकेका छैनन्। चेक रिपब्लिक विरुद्ध पनि त्यस्तै भयो। रोनाल्डोले फ्री किकमा गोल गर्न सकेनन्।

अहिले सम्म युरो कपमा उनले २९ फ्री किक प्रहार गरेका छन्। त्यसमध्ये कुनै पनि प्रहार गोलमा परिणत भएका छैनन्। उनले पोर्चुगलका लागि २०८ खेलमा ११ फ्री-किक गोल गरेका छन्।

समग्रमा, उनले आफ्नो सम्पूर्ण करियरमा 64 फ्रि-किक गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *