September 20, 2024

एजेन्सी – कोपा अमेरिका २०२४ शुक्रबारबाट सुरु हुँदैछ। कोपा अमेरिकामा यस पटक दक्षिण अमेरिका मात्र नभई उत्तर अमेरिकाका टोलीहरु पनि सहभागी हुनेछन्।

पछिल्लो संस्करणको विजेता अर्जेन्टिना यस पटक उपाधि रक्षा गर्ने योजना सहित प्रतियोगितामा होमिनेछ। प्रतियोगिताको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडाको सामना गर्नेछ।

कोपा अमेरिका प्रतियोगिता चल्दै गर्दा सबैको ध्यान अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीमा हुनेछ। किनभने यस पटकको कोपा अमेरिका मेस्सीका लागि अन्ति हुन सक्छ।

यस कोपा अमेरिकामा मेस्सीले कयौं रेकर्ड समेत बनाउन सक्छन्। मेस्सीले यस पटक बनाउन सक्ने केहि रेकर्डहरु निम्न छन् –

कोपा अमेरिकाको एउटै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडी

कोपा अमेरिकाको इतिहासमा सबैभन्दा धेरै खेल्ने खेलाडी

इतिहासमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल योगदान

कोपा अमेरिका प्लेयर अफ द टुर्नामेन्टको उपाधि रक्षा गर्ने एक मात्र खेलाडी

कोपा अमेरिकाको इतिहासमा सबैभन्दा धेरै गोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *