September 19, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई नयाँ झड्का लागेको छ। क्लबका खेलाडीले लोनमा अन्यत्र जाने निर्णय गरेसंगै पिएसजीलाई झड्का लागेको हो।

पिएसजीका डच स्टार जाभी सिमोन्सले यस सिजन पनि पिएसजीबाट खेल्न नचाहेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। उनले पिएसजी भन्दा पनि अन्यत्रबाट खेल्न चाहेको बताइएको छ।

उनलाई जर्मन क्लब बायर्न म्युनिख र आरबी लाइपजिगले भित्र्याउन चाहेका छन्। सन् २०२३-२४ को सिजनमा उनले लोनमा हुँदा लाइपजिगमा राम्रो प्रदर्शन गर्दै महत्त्वपूर्ण प्रभाव छाडेका थिए।

२१ वर्षीय डच मिडफिल्डरले बुन्डेसलिगामा ८ गोल गरेका थिए भने ११ असिस्ट प्रदान गरेका थिए। उनले च्याम्पियन्स लिगमा दुई गोल र दुई असिस्टहको योगदान दिएका थिए।

पछिल्लो समय सुधारिएको प्रदर्शन गरिरहेका उनलाई युरोपका धेरै क्लबहरुले पछ्याइरहेका छन्। फब्रिजियो रोमानोका अनुसार सिमोन्सले सन् २०२५ सम्मका लागि लोनमा पिएसजी छाड्न चाहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *