एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले कोपा अमेरिका २०२४ मा चिलीमाथिको जितमा आफूले केही “असहज” महसुस गरेको स्वीकार गरेका छन्।
चिली विरुद्धको खेल पश्चात मेस्सीले खेलका क्रममा आफूले खुट्टामा असहज महसुस गरेको बताएका हुन्। मेस्सीका अनुसार उनले दाहिने ह्यामस्ट्रिङमा केही असहज महसुस गरेका थिए।
खेलको सुरुवातमै आफूले दाहिने ह्यामस्ट्रिङमा केही असहज महसुस गरेको मेस्सीले बताए। दाहिने ह्यामस्ट्रिङ कसिलो भएको आफूले महसुस गरेको र त्यसका बाबजुत आफूले पूरा खेल खेल्न सकेको मेस्सीको भनाई छ।
“खेलको सुरुमा मैले मेरो दाहिने ह्यामस्ट्रिङमा केही असहज महसुस गरेको थिएँ। यो कसिलो थियो। यो जति खुकुलो हुनु पर्ने थियो त्यो थिएन। तर म पूरा समय खेल्न सक्षम भएँ। यो कसरी जान्छ हामी हेर्नेछौं।”,मेस्सीले भने।
अर्जेन्टिनाले बुधबार बिहान कोपा अमेरिकाको दोस्रो खेलमा चिलीको सामना गरेको थियो। चिली विरुद्धको खेलमा जित निकाल्न अर्जेन्टिनाले धेरै संघर्ष गर्न परेको थियो।
लाउटारो मार्टिनेजको ढिलो स्ट्राइकमा अर्जेन्टिना विजयी भएको थियो। लगातार दुई खेलमा जित निकालेपछि अर्जेन्टिना अर्को चरणमा प्रवेश गरिसकेको छ।