December 23, 2024

एजेन्सी – जर्मनीमा जारी युरो कपको अन्तिम १६ को समीकरण पूरा भएको छ। समूह चरणका सम्पूर्ण खेल सकिएसंगै अन्तिम १६ को समीकरण पूरा भएको हो।

समूह चरणमा कुल २४ टोली सहभागी भएका थिए। जसमध्ये ८ टोली समूह चरणबाटै बिदा भए। समूह चरणबाट बिदा हुने टोलीहरुमा हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक रिपब्किल छन्।

अब अन्तिम १६ मा आयोजन जर्मनीले डेनमार्कको सामना गर्नेछ। स्पेनले जर्जियासँग खेल्दा पोर्चुगल र स्लोभेनिया आमने-सामने हुनेछन्। त्यस्तै फ्रान्सले बेल्जियमको सामना गर्दा रोमानिया र नेदरल्यान्ड्स आमने-सामने हुनेछन्।

अष्ट्रियाले टर्कीको सामना गर्दा इंग्ल्याण्डले स्लोभाकियाको सामना गर्नेछ। साविक विजेता इटालीले स्विटजरल्यान्डको सामना गर्नेछ।

अन्तिम १६ मा पोर्चुगलले केहि सहज प्रतिद्वन्दी पाएको छ। समूह चरणको अन्तिम खेलमा पराजित भएको पोर्चुगल सहज रुपमा क्वाटरफाइनल प्रवेश गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *