December 23, 2024

एजेन्सी – युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगलले बुधबार राति जर्जियाको सामना गर्यो। कम्जोर मानिएको जर्जिया विरुद्ध पोर्चुगलले खासै राम्रो प्रदर्शन गर्न सकेन।

बलमा राम्रो नियन्त्रण राखेर पनि पोर्चुगल गोलमा चुक्यो। पोर्चुगलका खेलाडीहरुले जर्जिया विरुद्ध कुल २२ प्रहार गरेका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत हुन सकेनन्।

तर उता जर्जियाले भने पाएका अवसरहरुको राम्रो सदुपयोग गर्यो। जर्जियाका लागि विंगर क्विचा क्भारात्क्षेलियाले धेरै राम्रो प्रदर्शन गरे। उनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए।

विंगर क्विचा क्भारात्क्षेलिया पोर्चुगल विरुद्धको खेलको उत्कृष्ट खेलाडी बने। उनले प्लेयर अफ द म्याचको अवार्ड प्राप्त गरे। उनको उच्च प्रदर्शनमै जर्जियाले अन्तिम १६ मा स्थान बनायो।

क्भारात्क्षेलियाले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको जर्सी पनि प्राप्त गरे। रोनाल्डोले खेल पश्चात उनलाई आफ्नो जर्सी दिएका थिए। जर्सी पाएपछि उनले बुधबारको दिन आफ्नो लागि अहिले सम्मकै सबै भन्दा राम्रो दिन रहेको बताए।

“मैले क्रिस्टियानो रोनाल्डोको जर्सी पाएँ र हामी राउन्ड अफ १६ मा पुग्यौं। यो मेरो जीवनको उत्कृष्ट दिन हो। हामी धेरै खुसी छौं। हामीले इतिहास बनायौं।”,उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *