एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोना अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका एक खेलाडीलाई भित्र्याउन इच्छुक छ।
स्पेनबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले बार्सिलोना प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी युवा स्टार जुलियन अल्भारेजलाई भित्र्याउन इच्छुक रहेको दावी गरेका हुन्।
स्पेनिस आउटलेट स्पोर्टले बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा अल्भारेजलाई भित्र्याउने पक्षमा रहेको र उनले भित्र भित्रै तयारी सुरु गरिसकेको दावी गरेको छ।
अध्यक्षमा पुन: निर्वाचित हुने आफ्नो अभियानको एक भागको रूपमा अल्भारेजलाई साइन गर्ने प्रयासमा लापोर्टा रहेको बताइएको छ। उनले अल्भारेजलाई भित्र्याउनइको लागि बजेट जुटाउन अध्ययन सुरु गरिसकेको बताइएको छ।
२४ वर्षीय खेलाडीले गत सिजन सिटीबाट ५४ खेलमा १९ गोल गर्दा १३ असिस्ट प्रदान गरेका थिए। सिटीका कम समय पाइरहेका कारण अल्भारेज नयाँ गन्तव्यको खोजिमा हुन सक्छन्।
अल्भारेज भित्र्याउने दौडमा यस अगाडी देखि नै अन्य क्लबहरु पनि छन्। सो दौडमा मुख्य क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) रहेको छ।