September 19, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च स्टार किलियन एम्बाप्पेको स्थानमा बार्सिलोनाका स्टार लामाइन यामललाई अनुबन्ध गर्ने योजना बनाएको छ।

विभिन्न खेल मिडियहरुका अनुसार पेरिस सेन्ट जर्मेन(पिएसजी)ले एम्बाप्पेको स्थान लिने खेलाडीको खोजि गरिरहेको छ र पिएसजीको नजरमा यामल परेका छन्।

जुनको सुरुमा, फ्रान्सेली खेलाडीले आफ्नो सम्झौताको अन्त्यमा पिएसजी छोडेपछि एमबाप्पेलाई आधिकारिक रूपमा रियल म्याड्रिड स्टारको रूपमा घोषणा गरिएको थियो।

मुन्डो डेपोर्टिभोका अनुसार, पीएसजीले फ्रान्सको कप्तानको सट्टामा यामललाई पहिचान गरेको छ। यामललाई भित्र्याउन पिएसजी २ सय ५० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको बताइएको छ।

बार्सिलोना अहिले आर्थिक संकटमा छ। जसकारण बार्सिलोना यमाललाई बिक्री गर्न बाध्य हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *