September 19, 2024

एजेन्सी – जर्मनीमा जारी युरो कपको सेमिफाइनलमा प्रवेश गर्नको लागि कठिन प्रतिद्वन्दी पाएको छ। सेमिफाइनलमा स्थान बनाउन पोर्चुगलले क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ।

जारी प्रतियोगितामा फ्रान्स अपराजित छ भने पोर्चुगलले एक हार बेहोरेको छ। समूह चरणमा फ्रान्सले एक जित निकाल्दा दुई बराबरी खेलेको थियो। पोर्चुगलले भने दुई खेलमा जित निकाल्दा एक खेलमा हार बेहोरेको थियो।

समूह चरणमा फ्रान्सले पहिलो खेलमा अस्ट्रियालाई १-० को गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि फ्रान्स नेदरल्यान्ड्ससँग गोल रहित बराबरीमा रोकियो। तेस्रो खेलमा फ्रान्सको भेट पोल्याण्डसँग भएको थियो। जुन खेल १-१ को बराबरीमा टुंगिएको थियो।

पोर्चुगलले समूह चरणको पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ को गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा टर्कीलाई ३-० को गोल अन्तरले हराएको थियो। यधपी तेस्रो खेलमा भने पोर्चुगल जर्जियासँग २-० को गोल अन्तरले पराजित भएको थियो।

अन्तिम १६ मा फ्रान्सको भेट बेल्जियमसँग भएको थियो। सोमबार राति फ्रान्सले पोर्चुगललाई १-० को गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै पोर्चुगलले सोमबार नै स्लोभेनियालाई टाइब्रेकरमा पराजित गर्यो।

यससंगै क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमने-सामने हुने पक्का भयो। फ्रान्स र पोर्चुगल बीचको खेल अब शुक्रबार राति हुनेछ। जित्ने टोली सेमिफाइनल पुग्नेछ।

दुवै टोली युरोका दाबेदार हुन्। शुक्रबार राति दुवै टोली एक-अर्कालाई पराजित गर्दै सेमिफाइनल पुग्ने योजनामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *