December 23, 2024

एजेन्सी – उपाधि दाबेदार मानिएको ब्राजिल कोपा अमेरिकामा रोकिएको छ। अमेरिकामा जारी कोपा अमेरिकाको अन्तिम समूह चरण खेलमा ब्राजिल बराबरीमा रोकिएको हो।

बुधबार भएको खेलमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो। खेलको सुरुवातमै अग्रता लिएपनि पहिलो हाफको इन्ज्युरी समयमा गोल बेहोर्दा ब्राजिल बराबरीमा रोकिन पुगेको हो।

खेलभर ब्राजिलले बलमा ५१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर ब्राजिलको तर्फबाट मात्र ७ प्रहार भएका थिए। जसमध्ये ३ प्रहार मात्र टार्गेटमा थिए।

कोलम्बियाको तर्फबाट भने खेलभर १३ प्रहार भएका थिए। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए। ब्राजिलका लागि खेलको १२ औं मिनेटमा राफिन्हाले गोल गरेका थिए।

तर पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डेनियल मुनोजले गोल गरे। यस बराबरीसंगै ब्राजिल समूहको दोस्रो भएको छ भने कोलम्बिया पहिलो भएको छ।

ब्राजिलले समूह चरणका तीन खेल मध्ये १ खेलमा जित निकाल्दा २ बराबरी खेल्यो। कोलम्बियाले भने २ जित निकाल्दा एक बराबरी खेल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *