September 19, 2024

एजेन्सी – मेजर सकर लिगमा इन्टर मियामीले महत्वपूर्ण जित दर्ता गरेको छ। मेजर सकर लिगको जारी सिजनको २४ औं खेलमा मियामीले महत्वपूर्ण जित निकालेको हो।

बिहिबार बिहान घरेलु मैदानमा भएको खेलमा मियामीले टोरोन्टोलाई ३-१ को गोल अन्तरले पराजित गर्यो। मियामीका लागि डिएगो गोमेजले एक गोल गर्दा फेडेरिको रेडोन्डोले दुई गोल गरे।

पाहुना टोलीका लागि भने एक मात्र गोल डेरिक एटिन जूनियरले गरेका थिए। खेलको ४३ औं मिनेटमा मियामीले अग्रता लिएको थियो। सो गोल गोमेजले गरेका थिए।

खेलको ५३ औं मिनेटमा रेडोन्डोले गोल गर्दा मियामीको अग्रता दोब्बर भयो। त्यसको ६ मिनेट लगत्तै ५९ औं मिनेटमा रेडोन्डोले नै गोल गर्दा मियामी ३-० ले अगाडी बढ्यो।

खेलको ७९ औं मिनेटमा टोरोन्टोका लागि डेरिक एटिन जूनियरले एक गोल गरे। खेलभर बलमा टोरोन्टोले बढी नियन्त्रण राखेको थियो। तर जित्न भने मियामी सफल भयो।

टोरोन्टो विरुद्ध अर्जेन्टिनी स्टार लियोनेल मेस्सी थिएनन्। हालसालै कोपा अमेरिका जितेका उनी मियामी फर्किन समय लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *