September 19, 2024

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले एर्लिङ हालाण्डको गोल रेकर्ड लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको स्तरमा पुगेको बताएका छन्।

एक कुराकानीका क्रममा गार्डियोलाले हालाण्डको गोल रेकर्ड लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको स्तरमा पुगेको बताएका हुन्।

प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा हालाण्डले उच्च प्रदर्शन गरेका थिए। चेल्सीलाई २-० ले पराजित गर्दा हालाण्डले एक गोल गरेका थिए। खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गार्डियोलाले हालाण्ड गोल गर्ने क्षमताको मामलामा मेस्सी र रोनाल्डोको स्तरमा पुगेको दावी गरे।

“उनीसँग मेस्सी र क्रिस्टियानो रोनाल्डोको जस्तै गोल संख्या छ। संख्याको हिसाबले हालाण्डले त्यस्तै छनक देखाएका छन्। १ सय खेलमा ९१ गोल, त्यो पनि प्रिमियर लिगमा। यो अविश्वसनीय छ”,गार्डियोलाले भने।

हालाण्ड सिटी आए देखि नै निरन्तर गोल गरिरहेका छन्। हालाण्ड ब्याक टु ब्याक प्रिमियर लिगको गोल्डेन बुट विजेता बनेका थिए। गत सिजन चोटका लागि पहिलो सिजन जस्तो प्रदर्शन गर्न नसकेका उनी यस सिजन भने पक्कै पनि उच्च लयमा रहने योजनामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *