एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो युट्युब च्यानल सार्वजनिक गरेका छन्। वर्षौं देखि फुटबलमा राज गरिरहेका रोनाल्डोले बिहिबार मात्र आफ्नो युट्युब च्यानल सार्वजनिक गरेका हुन्।
सामाजिक संजालमा सबै भन्दा बढी फलो गरिएका व्यक्ति समेत रहेका रोनाल्डोले युट्युब च्यानल सार्वजनिक गरे लगत्तै सब्सक्राइब गर्नेको लर्को नै लागेको छ।
रोनाल्डोको च्यानलले ९० मिनेटमै करिब १ मिलियन सब्सक्राइबर पाएको थियो। यो कुनै पनि युट्युब च्यानलले १ मिलियन सब्सक्राइबर बटुल्न लगाएको सबै भन्दा कम समय हो।
रोनाल्डोको च्यानलले सबै भन्दा छिटो १ मिलियन सब्सक्राइबर पाउने युट्युब च्यानलको रेकर्ड नै बनाएको छ। रोनाल्डोको च्यानलको सब्सक्राइबर तिब्र गतिमा बढिरहेको छ।
यो समाचार तयार पार्दा सम्म रोनाल्डोको च्यानल सब्सक्राइब गर्नेको संख्या ११ मिलियन नाघिसकेको छ। यसको अर्थ रोनाल्डोको च्यानललाई सब्सक्राइब गर्नेहरु करोड भन्दा बढी भैसकेका छन्।
१० मिलियन सब्सक्राइबर पाउन रोनाल्डोलाई २४ घण्टा पनि लागेन। यस मामलामा पनि रोनाल्डोले रेकर्ड नै बनाएका छन्।